नियम
हक बेहक सम्बन्धी मिसिल कागजात जिल्ला अदालतमा पठाउने र जग्गा दर्ताको प्रमाणपत्र दिने

(१) नियम ३ र ५ बमोजिम पेश भएको विवरण र नियम ६
बमोजिम पर्न आएको उजुरीको जाँचबुझ गरी सबूद प्रमाणबाट ठहर हुन आएको
जग्गाको क्षतिपूर्ति किसानले एकमुष्ट वा ऐन बमोजिमको किस्ताबन्दीमा तिर्न मन्जूर
गरेमा उखडा सम्बन्धी अधिकारीले त्यसको कबूलियत गराउनु पर्छ ।
(२) उपनियम (१) बमोजिम किसानले एकमुष्ट वा किस्ताबन्दीमा क्षतिपूर्ति
दिन मन्जूर गरेको कुराको सूचना उखडा सम्बन्धी अधिकारीले जग्गा धनीलाई दिनु
पर्छ ।
(३) उपनियम (१) मा कबुल गरे बमोजिम जग्गाधनीलाई बुझाएको रुपैयाँको
भरपाई वा इलाका मालमा धरौट राखेको निस्सा सात दिनभित्र किसानले पेश गरेमा
उखडा सम्बन्धी अधिकारीले त्यस्तो जग्गा किसानको नाममा दर्ता गरी अनुसूची –३
बमोजिमको प्रमाणपत्र दिनु पर्दछ ।
(४) उखडा सम्बन्धी अधिकारीले नियम (३) बमोजिम जग्गा दर्ता गरिएको
जनाउ अनुसूची –४ बमोजिमको ढाँचामा इलाकाका माल अडडलाई दिई त्यसको
नक्कल जग्गाधनीलाई दिनु पर्छ ।
(५) कुनै जग्गाधनीको सम्बन्धमा हक बेहक सम्बन्धी खिचोला उठेमा सो
सम्बन्धित मिसिल उखडा सम्बन्धी अधिकारीले जिल्ला अदालतमा पठाई दिई
त्यसको सूचना सम्बन्धित व्यक्तिलाई दिनु पर्छ ।
(६) प्रचलित नेपाल कानुनमा जेसुकै लेखिएको भए तापनि उपनियम (५)
बमोजिम पर्न आएको मुद्दाको कोर्टफि नली जिल्ला अदालतले कारवाई किनारा
गर्नुपर्छ ।